धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड: मन्त्री थापा

पाेखरा | असार १५, २०८२

धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड: मन्त्री थापा

पोखरा:  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । 


नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं। १४ को समन्वयमा खाल्टेमसिनामा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् ।


“धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात गर्दै कृषि पेसाप्रति सम्मान र प्रवद्र्धन गर्न आवश्यक छ ।”,उनले भने ।


मन्त्री थापाले कृषकहरुले पसिना बगाएर हामीले अन्न खान पाएको उल्लेख गरे । कृषिलाई व्यवसायिक, प्रविधिमैत्री र युवामैत्री बनाउन आवश्यक रहेको उनले औंल्याए । कृषि क्षेत्रको व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको भनाई उनको छ ।


उनले कृषि व्यवसायमा हुनसक्ने जोखिम न्यूनीकरण गरी कृषकको हित संरक्षण गर्न बीमा प्रिमियममा सहुलियत र व्यवसाय प्रवद्र्धनका लागि गण्डकी सरकारले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने बताए ।


खाद्य सुरक्षाको क्षेत्रमा प्रमुख भूमिका खेल्ने बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि समुदायस्तरमा चैतेधान तथा प्रशोधनयोग्य आलु उत्पादन सम्वन्धी कार्यक्रमको निरन्तरतामा गण्डकी सरकारले जोड दिएको भनाई उनको छ ।


कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकीकरण, विविधीकरण तथा औद्योगिकरणका लागि लगानी आकर्षित गर्न सार्वजनिक, निजी तथा समुदायको सहकार्यमा कृषि विकास कार्यक्रम ल्याइएको उनले जानकारी गराए ।


नेपाल किसान महासंघ कास्कीका सभापति पुण्डरी बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की, नेपाल किसान महासंघ केन्द्रकी सदस्य नम्रता बराल लगायतले बोलेका थिए । 


कार्यक्रममा धान रोपाई सँगसँगै हिले दौड प्रतियोगिता र अन्य सांस्कृतिक कार्यक्रम राखिएको थियो । नेपाल किसान महासंघ कास्कीले वर्षेनी असार १५ गते रोपाई महोत्सवको आयोजना गर्दै आएको छ ।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्